भोलि हुने भनिएको सार्बजनिक बिदा फिर्ता लिनाको लागि महासंघको माग |

जनजाती बिशेस

भोलि हुने भनिएको सार्बजनिक बिदा फिर्ता लिनाको लागि महासंघको माग |

जनवरी १० काठमाडौँ :-नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले आज एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति/नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाउनुभएको छ ।

आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महमसंघले माग गरेको छ ।

cpm


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...