प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दै |

राजनीति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दै |
श्रावण २२ काठमाडौँ :-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न तथा नेपाली कांग्रेसको भावी रणनीतिको बारेमा छलफल हुनेछ |पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न समय नपाउँदा प्रतिनिधिसभा बैठक बहिष्कारजस्ता विषयमा छलफल हुने बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...