राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
सर्बोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न अस्विकार |
पुस २४ काठमाडौँ :-टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले उक्त आदेश खारेज नहुने आदेश गरेको हो। चौधरीमाथि जाहेरीकर्ताले […]
1,832 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरी निर्बाचित भएको एक बर्ष पछि शपत ग्रहण गर्ने |
पुस १९ काठमाडौँ :-राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्ने भएका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीले बिहीबार सांसदको शपथ लिन लागेको संसद सचिवालय स्रोतले जनाएको छ । टीकापुर घटनामा एक नाबालक सहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो ।घटनापछि फरार रहँदै […]
1,879 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेस महासमिति बैठक पाँच प्रतिबेदन पारित गर्दै समापन आज हुँदै |
पुस ८ काठमाडौँ :- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । विधान मस्यौदामाथि […]
2,070 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपाको स्थाई समिति बैठकमा अध्यक्ष केपी ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनको आलोचना |
पुस ४ काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टीको बुधबारको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन् । राजनीतिक प्रतिवेदनमाथिको […]
2,093 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरु बीच झगडा हात हालाहाल बैठक स्थगित |
पुस ३ काठमाडौँ:-काठमाडौँमा शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको छ । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए […]
1,642 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ का सांसद टेक बहादुर घर्तीको ४६ बर्षको उमेरमा निधन |
मंसिर २७ पोखरा :-बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ का गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएको छ । सांसद घर्तीको १७ दिन देखि काठमाडौंमा रहेको ग्राण्डी अस्पतालको आईसीयू कक्षमा उपचार भैरहेको थियो । ग्राण्डीले सांसद घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार थप उपचारका लागि एयर […]
1,821 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई शपथ ग्रहण नगराइए २३ मंसीर देखि आन्दोलन गर्ने थाकसको घोषणा |
मंसिर १८ धनगढी:-थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो । थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले राज्यले टीकापुर घटनालाई आपराधिक मुद्दा नभई […]
2,200 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रबक्ता नारायण काजी श्रेष्ठले नेकपा पार्टी भित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकार |
मंसीर १४ विराटनगर:-नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकार गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न […]
1,697 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपा अध्यक्ष प्रचण्ड माथी खुकुरी हमला भएको हल्ला कुप्रचार मात्र |
मंसिर ६ चितवन:- नेपाकका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ ।गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो ।प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम गर्न, भ्रम छर्न र कुप्रचार गर्न यसप्रकारको हल्ला फैलाइएको प्रतिक्रिया दिए । […]
1,943 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
निर्मला प्रकरणमा सरकार गम्भीर नभएको गगन थापाको आरोप |
मंसिर ५ भीमदत्तनगर:-नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे। […]
1,304 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विकास समितीको बैठकमा सांसदहरुको कोरम नपुग्दा बैठक स्थगीत |
मंसिर ४ काठमाडौँ :-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।आज ११ बजेका लागि बोलाएको बैठकमा १२ बज्दासम्म बैठक सञ्चालन गर्न आवश्यक सदस्य संख्या नपुगेपछि स्थगित गरिएको हो । समिति सभापति कल्याणी खड्काले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइन् । […]
2,481 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने बि संघ चितवनले प्रधान मंत्री ओलीको पुत्ला दहन |
कार्तिक २७ चितवन :-नेपाल विद्यार्थी संघ चितवनले नेविसंघ तपेश्वर उच्चमावि काभ्रेका इकाई अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भरतपुरको चौबिसकोठी र नारायणगढमा शहिदचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओलीसँग सम्बन्धित स्टाटस सेयर गरेको विषयमा ढकाललाई प्रहरीले पक्राउ गरेका थियो । सो विषयको […]
3,044 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)