राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरी निर्बाचित भएको एक बर्ष पछि शपत ग्रहण गर्ने |

राजनीति

राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरी निर्बाचित भएको एक बर्ष पछि शपत ग्रहण गर्ने |
पुस १९ काठमाडौँ :-राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्ने भएका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीले बिहीबार सांसदको शपथ लिन लागेको संसद सचिवालय स्रोतले जनाएको छ । टीकापुर घटनामा एक नाबालक सहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो ।घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर डिल्लीबजार कारागारमा राखिएको थियो । टीकापुर घटनापछि फरार रहेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट वारेश मार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी ३४ हजार ३ सय ४१को भारी मतले विजयी भएका थिए । चौधरीले निर्वाचन आयोगबाट सांसद निर्वाचित भएको प्रमाणपत्र भने पाएका छैनन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...