प्रबक्ता नारायण काजी श्रेष्ठले नेकपा पार्टी भित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकार |

राजनीति

प्रबक्ता नारायण काजी श्रेष्ठले  नेकपा पार्टी  भित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकार |
मंसीर १४ विराटनगर:-नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकार गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न सुझाव दिए । अर्को एक प्रसंगमा नेता श्रेष्ठले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ गर्न नसक्नु दुःखद भएको बताए । उनले अपराधी पत्ता लगाउन सरकारले केही नगरेकोजस्तो देखिए पनि भित्रभित्रै अनुसन्धान भइरहेको दाबी गरे । घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...