सभामुख कृष्ण बहादुर महराको राजीनामा स्वीकृत,प्रतिनिधी सभा सदस्यबाट पनि राजीनामा दिनु पर्ने ।

राजनीति

सभामुख कृष्ण बहादुर महराको राजीनामा स्वीकृत,प्रतिनिधी सभा सदस्यबाट पनि राजीनामा दिनु पर्ने ।
अक्टुबर २ काठमाडौँ :-संसद सचिवालयमा कार्यरत एक महिला बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । आफूमाथि लागेको आरोपबारे सत्य तथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । उपसभामुखलाई आज बुझाएको राजीनामा पछि उनी सभामुख पदबाट मुक्त भएका छन् ।महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए ।महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...