पोखरामा नेपाल एयरलाइन्स कार्यलयको कम्पाउन्डमा सकेट बम ।

अन्य

पोखरामा नेपाल एयरलाइन्स कार्यलयको कम्पाउन्डमा सकेट बम ।
सेप्टेम्बर २० पोखरा :-पोखरामा अवस्थित नेपाल एयरलाइन्स कार्यलयको कम्पाउन्ड भित्र सकेट बम फेला परेको छ । आज बिहान ७ बजे कार्यलयका कर्मचारीले सरसफाइ गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेका थिए । वडा प्रहरी कार्यलय बैदामको प्रहरी टाली उक्त स्थानमा पुगेर अनुसन्धान पश्चात् बम रहेको पुष्टि भएपछि कालीका बक्स गणका मेजर बीसन गुरुङको टोलीले निस्क्रिय पारेको छ।घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्क बहादुर खत्रीले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...