नुवाकोटमा पहिरो जाँदा २ जना सम्पर्क बिहिन |

अन्य

नुवाकोटमा पहिरो जाँदा २ जना सम्पर्क बिहिन |
भदौं २८ काठमाडौँ :-दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा २ जना सम्पर्कविहीन भएका छन् ।बुधबार अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले बताए । गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए। पानी परिरहेको र पहिरो गइरहेका कारण उद्धारमा कठिनाइ भएकाले मौसम खुलेपछि हेलिकप्टरमार्फत भए पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । पहिरो बस्तीतर्फ बढिरहेको र भने चार घर पहिराले बगाइसकेको छ । पहिरो निरन्तर झरिरहेकाले वरपरका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताए। रासस i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...