देश
देश विषय अन्तर्गतका लेखहरु
लकडाउन चैत २५ सम्म लम्ब्याउने सरकारको निर्णय ।
मार्च २९ काठमाडौँ :-नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हटाउन गरेको लकडाउनको अवधि एक साता थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते रातको १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
1,023 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल सरकारले भोलि देखी लकडाउन गर्ने ।
मार्च २३ काठमाडौँ :-नेपाल सरकारले भोलि (मंगलबार) बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज (सोमबार) बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाई सेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा […]
1,274 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल अध्यागमन विभागले ५३ जना बिदेशी पर्यटकहरुलाई फिर्ता पठायो ।
मार्च १९ काठमाडौँ:-कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र ९ जनालाई ‘अन अराइभल भिसा’ अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयका […]
1,473 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल भारत सीमासंग जोडिएका ५ नाका बन्द ।
मार्च १३ बैतडी,:-कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द […]
1,070 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलमा हुने नेपाल भ्रमण बर्ष २०२०कार्यक्रमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्नु हुने |
फेब्रुवरी ११ फिष्टेल न्यूज तेल अभिव :- नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई इजरायल सरकारका पर्यटन मन्त्री यारिभ लेभिनकाे निमन्त्रणामा २६ औ अन्तराष्ट्रिय भु-मध्य पर्यटन प्रर्दशनी ( International Mediterranean Tourism Market) अवलाेकन गर्नु भएको छ ।साथै मन्त्रि भट्टराई नेपाली राजदुताबास इजरायल र पर्यटन बाेर्डकाे सहकार्यमा आयाेजित नेपाली पर्यटन प्रबर्द्धन “Nepal Evening […]
1,339 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कालापानीमा समस्या रहेको भन्दै भारतले नेपाललाई पत्र पठायो ।
डिसेम्बर २४ काठमाडौँ :-नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ । सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर […]
1,218 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
धनुषामा बम बिस्फोट हुँदा प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु ।
डिसेम्बर १४ धनुषा :-धनुषाको थिरेश्वरनाथ नगरपालिका ५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका […]
1,212 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली ध्वजाबाहक बिमान आज जापान उड्यो ।
अगस्ट २९ काठमाडौँ :-नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेका थिए । बिहान २ः३८ बजे प्रस्थान […]
3,208 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतले सप्तकोशीको सबै ढोकाहरु बन्द गर्न दबाब ।
जुलाई १३ काठमाडौँ :-केही दिन देखी परेको मुसलधारे पानीले गर्दा सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका […]
1,663 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
भारतीय बाँधका कारण बाँकेको नरैनापुर क्षेत्र डुबानमा ।
जुन २३ काठमाडौँ :-भारतीय बाँधका कारण बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, […]
1,354 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सगरमाथा सरसफाई अभियान अन्तर्गत १ हजार किलो फोहोर संकलन ।
अप्रील २१ सोलुखुम्बु :-सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने […]
2,366 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बारा र पर्सामा नेपाल बिद्युत प्राधिकरणको १५ करोड क्षति |
अप्रिल १ काठमाडौं :- आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड बराबरको क्षति भएको छ ।बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा […]
2,420 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)