कालापानीमा समस्या रहेको भन्दै भारतले नेपाललाई पत्र पठायो ।

देश

कालापानीमा समस्या रहेको भन्दै भारतले नेपाललाई पत्र पठायो ।
डिसेम्बर २४ काठमाडौँ :-नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ । सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकले आज कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकार्दै भारतले पत्र नै पठाएको समाचार छापेको छ ।यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । समाचार अनुसार पत्रमा कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्ललेख छ । वार्ताका लागि नेपालले यसअघि मितीसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिती उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ’,। साभार :- कान्तिपुरले

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...