नारायणगढबाट पोखरा जाँदै गरेको चामल बोकेको ट्रक पुलबाट खस्यो ,चालक गम्भीर घाइते ।

अन्य

नारायणगढबाट पोखरा जाँदै गरेको चामल बोकेको ट्रक पुलबाट खस्यो ,चालक गम्भीर घाइते ।
फेब्रुवरी २ चितवन :-चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत २ नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको छ । गम्भीर घाइते चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...