किरात राई यायोक्खा युएईले राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण ।

विदेश

किरात राई यायोक्खा युएईले राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण ।
फेब्रुवरी २४ फिष्टेल न्यूज :- किरात राई यायोक्खा शाखा युएईले राष्ट्रिय अबिस्कार केन्द्रलाई आर्थिक सहयोग नगद रु.१ लाख एक सय एघार हस्तान्तरण गरेको छ। किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।आर्थिक सहयोग हस्तान्तरणका लागी गायक तथा मोडल दिपक वान्तव,गायिका बबिना किराँती ,गायक निनामहाङ्ग र कमेडियन फुलन्दकी आमा उर्फ उमेश राईको सहभागी रहेको थियो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष राईले डा. महावीर पुनले राष्ट्रिय अबिष्कार केन्द्रको स्थापना गरी नेपालको बिज्ञान र प्रविधि बिकास क्षेत्रमा पुर्‍याउनु भएको योगदानको प्रसंशा गरेका थिए भने नेपाली बैज्ञानीक डा. पुनको अतुलनिय योगदानलाई सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुले सरहना र गौरबको बिषय बनाएको चर्चा गर्दै थप सहयोगहरु जुटाउन आग्रह समेत गरेका थिए। किरात राई यायोक्खा शाखा युएईले “सम्पूर्ण किरातीहरुको चाहना, स्वयत्त राज्यको स्थापना” भन्ने मुला नाराका साथ राष्ट्रिय अविष्कार केन्द्र प्रचार प्रसार तथा सहयोगार्थ “बृहत् यलेदोङ सांस्कृतिक कार्यक्रम-५०८०” गत २०२० फेब्रुवरी ०७ तारिख शुक्रबार युएईको अबुधाबी स्थित मुसफा ब्राइट राईडर्स स्कुलमा आयोजना गरेको थियो। उक्त कार्यक्रम नेपाल आदिबासी जनजाती महा संघ युएईका अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्य र किरात राई यायोक्खा शाखा युएईकी अध्यक्ष चन्द्रकला साम्पङ्गको सभापतित्वमा भब्य रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु वरिष्ठ गायक कुवेर राई , गायक तथा मोडल दिपक वान्तवा, चर्चित गायिका बबिना किराती, युवा गायक निनामहाङ्ग राई,लोकप्रिय गायक जिबिहाङ्ग राई र चर्चित हांस्यव्याङ्ग्य (कमेडियन) फुलन्देकी आमा उर्फ उमेश राईको सांगीतिक प्रस्तुति सहित स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। अबिष्कार केन्द्रका संचालक नेपाली बैज्ञानीक एवं रेमोन मागासेसेद्वारा बिभुषित डा. महबिर पुनले सहयोग रकम ग्रहण गर्दै किरात राई यायोक्खा युएईलाई धन्यवाद दिंएका थिए। डा. पुनले अनुसन्धान अबिष्कार केन्द्रले गर्ने काम बारेमा चर्चा गर्दै अहिले अबिष्कार केन्द्रमा ३३ किसिमका कामहरु काठमाण्डौ बाहेक चितवन, बिराटनगर, पोखरा आदी शहरमा भईरहेको र अनुसन्धानले मुर्तरुप दिन केही समय लाग्न सक्ने भन्दै दाताहरुलाई तुरन्तै परिणामको अपेक्षा नराखी धर्य गर्न आग्रह समेत गरेका थिए । हाल भईरहेको कामहरुमा ५ वा ६ वटा प्रोजेक्टहरु निकट भबिष्यमा सम्पन्न भई परीक्षण र बजारीकरण गरिने बताएका थिए । मार्केटिङका लागि सामाजिक सन्जाल वा अन्य कुनै पनि माध्यमबाट प्रचार प्रसारका लागि सहयोग गर्न अपिल सेमत गरेका छन् । डा. पुनलाई हाल विश्वभरी छरिएर रहेका नेपालीहरुले सहयोग जुटाइरहेका छन् । उनको राष्ट्र बिकास गर्ने अभियानलाई सरकारले साथ नदिएपछी केही समय अघी आफुले पाएका पदकहरु अनलाइनमा लिलामी राखेका थिए। पछिल्लो समय उनले हाल चालु रहेका प्रोजेक्टलाई टुङ्गोमा पुर्‍याउन नेपाली जनतालाई गुहार्दै सहुलियत ब्याजमा ऋण मागेका थिए। त्यसपछी संसार भर छरिएका नेपालीहरुले उनलाई साथ दिईरहेका छन् । किरात राई यायोक्खा शाखा युएईले पनि किरात सम्बत (नयाँ यले सम्बत) ५०८० को अवसर पारेर आयोजना गरेको कार्यक्रम बाट थोरै भएपनि अबिष्कार केन्द्रलाई सहयोग गर्न पाउदा ब्यक्तिगत र संस्थागत रुपमा खुशी लागेको अध्यक्ष चन्द्रकला साम्पाङले बताएकी छन् भने कार्यक्रम संयोजक पदम खालिङ राईले कार्यक्रमको उदेश्य अनुरुप राष्ट्रियअविष्कार केन्द्रका लागी उठेको केही रकम र आयोजक संस्थाले आन्तरिक स्रोतबाट संस्थागत रुपमा जुटाएको रकम राष्ट्रिय अविष्कार केन्द्रलाई हस्तान्तरण गरेको बताएका छ। कार्यक्रम उप-संयोजक एवं किरात राई यायोक्खा शाखा युएईका महासचिव डिके किराती र उप-सयोजक एवं कोषाध्यक्ष सरु शितल राईले कार्यक्रम भब्य रुपमा सफल बनाउन सहयोगी भूमिका खेल्नु सम्पुर्णलाई आभार ब्यक्त गरेकी छिन। कार्यक्रममा हिमालयन रेस्टुरेन्ट र लाइफ लाईन हस्पिटल मुख्य प्रायोजक रहेको थियो। कार्यक्रमका मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संस्थाहरु, व्यक्तिगत प्रायोजकहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै आगामी मार्च ०६ तारिख शुक्रबार युएईको दुबई स्थित कन्चनजङ्गा रेस्टुरेन्ट वर दुबईमा हुने कार्यक्रम तथा समिक्षा बैठकमा प्रायोजक तथा स्थानिय कलाकारहरुलाई प्रसंशा पत्रले सम्मान गरिने किरात राई यायोक्खा शाखा युएईले जानकारी गराएको छ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...