गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकको ज्यान गयो ,१९ जना घाइते |

अन्य

गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकको ज्यान गयो ,१९ जना घाइते |
मार्च ८ पोखरा :-गोरखा नगरपालिका ९ वीरेनचोकमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी–१ मा बस्ने १६ वर्षीय श्रद्धा गौली रहेको प्रहरीले जनाएको छ।

गोरखाबाट आंबुखैरेनि तर्फ जाँदै गरेको बा ३ ख ४६५८ न.को माईक्रबसको अचनाक ब्रेक फेल भई सडकमा पल्टिदा सो दुर्घटना भएको हो । माइक्रोबस दुर्घटनामा परी १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु मध्ये १३ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।माईक्रबसको चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...