लमजुङको भोटेओडारमा तमु प्ये ल्हु संघ युवा समिति गठन ।

मूलबासि /भूमिपुत्र

लमजुङको भोटेओडारमा तमु प्ये ल्हु संघ युवा समिति गठन ।
अगस्ट २३ लोकेन पह्च्यु ,भदौ २, पोखरा :-तमु प्ये ल्हु संघ युवा समिति लमजुङको सक्रियतामा सोमबार भोटेओडार युवा इकाई समिति गठन भएको छ । लमजुङ जिल्ला युवा समितिका अध्यक्ष शेष क्रोम्छै तमुको विशेष उपस्थिति रहेकोे भेलाले सुन्दर बजार नगरपालिका -९ भोटेओडारमा अवस्थित भक्ती नमुना उच्च माबिमा ११ सदस्यीय भोटेओडार इकाई समिति गठन गरेको हो । नवगठित तमु प्ये ल्हु संघ भोटेओडार इकाई समितिको अध्यक्ष ,उपाध्यक्ष ,सचिव ,सहसचिव र कोषाध्यक्षमा क्रमशः अमिषा लेम तमु,बसन्त पह्च्यु तमु,मनोज लेम तमु,रमेश लेम तमु र रुस्बिना लेम तमु हुनुहुन्छ भने सदस्यहरुमा रुपा लेम तमु,उषा लेम तमु,सन्तोषी लेम तमु,प्रीया लेम तमु,कृषा लेम तमु र सुमि लेम तमु हुनुहुन्छ । अगामी असोज ११ र १२ लमजुङको बेशिशहरमा सम्पन्न हुन गइरहेको तमु प्ये ल्हु संघ ,युवा समिति लमजुङ शाखाको ऐतिहासिक प्रथम जिल्ला अधिबेशनको सङ्घारम इकाई समितिहरु गठन हुने क्रममा रहेको जिल्ला अध्यक्ष शेष क्रोम्छे तमुले बताउनु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...