क्रोम्छें तमु मन्च नेपालद्वारा तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

जनजाती बिशेस

क्रोम्छें तमु मन्च नेपालद्वारा तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
फेब्रुवरी ४ फिष्टेल न्यूज:- क्रोम्छें तमु मञ्च नेपालद्वारा आयोजित पच्यु पैडी चिबा (PPC) यारजंग क्रोम्छें तमुसँगको तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया कार्यक्रम २०७६ माघ २१ गते मंगलबार गाउँ-घर क्याफे पोखरा सिर्जनाचोकमा सम्पन्न भएको छ।पच्यु पैडी चिवा यारजंग क्रोम्छे तमु ज्युले दिप प्रज्वल गरी सुरुवात भएको सो कार्यक्रममा पच्यु पैडी चिबा (PPC) यारजंग क्रोम्छें क्रोम्छे थर र न्हेजाको बारेमा आफ्ना बिचारहरु राख्नु भएको थियो । तमु जातिको आन्तरिक विभिन्न थरहरु मध्य आदिम युगदेखी हालसम्म आईपुग्दा स्वदेश र विदेशमा बसोबास गर्ने क्रोम्जे, क्रोम्जा, क्रोंजा, क्रोम्जै, क्रोम्छैं, क्रोम्झैं, क्रोम्झा, क्रोंछा, क्रोम्चे आदि अप्रभंश नामले चिनिने थर "क्रोम्छें" थरको एउटा साझा संस्था क्रोम्छें तमु मञ्च नेपालको सक्रियतामा तमु प्ये ल्हु संघको जन्मदाता, संस्थापक, प्रखर प्रवक्ता पच्यु पैडी चिबा यारजंग क्रोम्छें तमुसँग तमु जातिको वास्तविक धर्म, संस्कार, संस्कृति बारे अनेकतामा एकता विषयक एकदिने अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा सोधिएका लगभग २५ वटा जिज्ञासामा संश्लेषण रुपमा आफ्नो धारणा राख्दै विष्वमा मानव उत्पत्तिसँगै हालसम्म आइपुग्दा तमु प्ये ताँ ल्हु ताँ र त्यसको आवश्यकता र चुनौती बारे औंल्याउँदै "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" भन्ने स्लोगन बारे विश्लेषण रुपमा प्रष्ट्याउनु भयो । कार्यक्रममा क्रोम्छें भाइखलकका बुद्धिजीवी, पच्यु, पैडी, चोगी आदिको बाक्लो सहभागीता रहेका थिए ।कार्यक्रमलाई श्रोत व्यक्तिको रुपमा क्रोम्छें तमु मञ्च नेपालका महासचिव तोल बहादुर क्रोम्छें तमु (लब्सन), टिप्पणीको रुपमा सचिव नविन क्रोम्छें तमु, अभिलेखमा सहसचिव आश क्रोम्छें तमु र सहजकर्तामा समितिका वरिष्ठ सल्लाहकार पोम बहादुर क्रोम्छें तमु रहेका थिए । यसरी सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई समितिका द्दि उपाध्यक्ष उमा ङोप्छे (क्रोम्छें) तमुले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष गुप्त बहादुर क्रोम्छें तमु (जिबि) ले गरेका थिए भने कार्यक्रमलाई औपचारिक सञ्चालन समितिका महासचिव तोल बहादुर क्रोम्छें तमु (लब्सन) ले गरेका थिए । मिलन क्रोम्छेंको फेसबुकबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...