नेपाल आदिबासी महासंघको संयोजनमा अन्तराष्ट्रिय सम्मेलन शुरु ,नेफिन इजरायलबाट पनि सहभागी ।

जनजाती बिशेस

नेपाल आदिबासी महासंघको संयोजनमा अन्तराष्ट्रिय सम्मेलन शुरु ,नेफिन इजरायलबाट पनि सहभागी ।
अक्टुबर १८ फिष्टेल न्युज :-नेपाल आदिबासी महासंघको संयोजनमा आज देखि काठमाडौँमा प्रथम अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । राष्ट्रिय सभागृहमा भएको सो सम्मेलन दुई दिन सम्म चल्ने भएको छ ।बिस्व भरी छरिएरा रहेका आदिबासीहरुलाई महासंघको झन्डा भित्र एक्ताबद्दा गराई आदिबासीहरुको हक हित तथा अधिकारको लागी आन्दोलनकोलाई निरन्तरता दिन तथा थप उचाईमा पुराउने र आपसी सद्भाव तथा भाईचारा बिकास गर्ने उदेश्यले यस सम्मेलनको आयोजना गरिएको हो । उक्त आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन"लाई भव्य रूपमा सफल बनाउन नेफिन इजरायलको तर्फबाट पुर्ब उपाध्यक्ष लक्ष्मी योन्जन तामाङ, पुर्ब सल्लाहकारहरु छिरिङ शेर्पा,चन्द्र माया बोम्जन तामाङ,र फुर्पा ह्योल्मो सहभागी हुने नेफिन इजरायलका महासचिव खुसि घलेले हामीलाई जानकारी दिनु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...