कास्कीमा निषेधाज्ञा आज अन्तिम दिन ,निषेधाज्ञा नथपिने।

अन्य

कास्कीमा निषेधाज्ञा आज अन्तिम दिन ,निषेधाज्ञा नथपिने।
भदौ १२ पोखरा :- पाेखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेकाे निषेधाज्ञाकाे आज अन्तिम दिन हाे । आज देखि निषेधाज्ञा थपिदैन । पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताए ।अब महानगरभरी निषाेधाज्ञा जारी हुँदैन– मेयर जिसीले भने । आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने उनले बताए। भदाै २ गतेदेखि कास्की जिल्लाभर निषेधाज्ञा जारी छ । याे निषेधाज्ञा आज राती १२ बजे सकिदैछ ।भदाै ७ गते दाेश्राे पटक निषेधाज्ञा थपिएपछि प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले सामाजिक सञ्जाल मै लेखेर असन्तुष्टि व्यक्त गरेका थिए । उनले निषेधाज्ञा जारी गर्नेहरुलाई महामुर्खकाे संज्ञा दिएका थिए ।प्रमुख प्रतिपक्ष सहितका दलहरुकाे मागका कारण पाेखराका मेयरले महानगरभित्र निषेधाज्ञा लागु गर्न सिफारिस गरेका थिए । निषेधाज्ञा जारी गरेपनि कास्कीमा काेराेना भाइरस स‌ंक्रमणकाे बिस्तार राेकिएकाे छैन् ।मेयर जिसी भने याे निषेधाज्ञा जारी नगरेकाे भए स्थिति झनै भयावह भैसकेकाे हुने दावी गर्छन । तिज थियाे, कुसे आैसी थियाे, त्याे बेलामा निषेधाज्ञा जारी नभएकाे भए झन डर लाग्दाे अवस्था हुन सक्थ्याे– मेयर जिसीले समाधानसँग भने–अब सजगता अपनाएर आर्थिक गतिविधि गर्न दिइन्छ । उनले निषेधाज्ञा हटे पनि अनावश्यक रुपमा बाहिर नहिड्न महानगरबासीलाई आग्रह गरेका छन् । काेराेना नियन्त्रणकाे एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु नै हाे, यसमा ध्यान दिन महानगरबासीलाई आग्रह गर्दछु–जिसीले भने ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...