म्याग्दीमा अविरल वर्षा पछी आएको पहिरोमा परि ३२ जना बेपत्ता।

अन्य

म्याग्दीमा अविरल वर्षा पछी आएको पहिरोमा परि ३२ जना बेपत्ता।
जुलाई १० म्याग्दी:-अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म ३२ जना बेपत्ता भएका छन् । ती मध्ये ३१ जना पहिराेमा परेर वेपत्ता भएका हुन् भने एक जनालाई खोलाले बगाएको छ ।बेपत्ता हुनेमा धवलागिरी–६ का १२ र मालिका–७ बिमका ८ जना छन् । मराङको रिखामा ७, नामरुकमा १, ठूलोगाउँमा १ जना बेपत्ता रहेकाे प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ वर्षीय १ महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ ।पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ । विस्तापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भबबहादुर भडारीले बताए । अविरल वर्षाले म्याग्दीका विभिन्न ग्रामीण सडक समेत अवरुद्ध छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...