नेपाल आदिबासी महासंघ इजरायलको आयोजनामा भएको सदभाव भ्रमण भब्य रुपले सम्पन्न ।

अन्य

नेपाल आदिबासी महासंघ इजरायलको आयोजनामा भएको सदभाव भ्रमण भब्य रुपले सम्पन्न ।
मार्च १७ इजरायल :-नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा-मार्च १६ २०१९ शनिबार  इजरायलका दुई ऐतिहासिक ठाउहरू रोशानिक्रा तथा आकोको सदभाव भ्रमण सफल पुर्बक सम्पन्न गरेको छ ।प्रवास भुमी इजरायलमा रहनु भएका सम्पूर्ण दाज्यु भाई दिदि बैनीहरु बिचमा आपसी मित्रता तथा भाईचारा बढाउने उद्देश्यले आयोजना गरिएको सो भ्रमणको संयोजकमा महासंघका प्रथम उपाध्यक्ष तारा काउचा मगर रहेको थियो ।सो भ्रमणमा एन आर एन इजरायलका नव निर्बाचित अध्यक्ष श्री शान्त अधिकारी ज्ञवाली लगायत आयोजक आदिवासी जनजाती महासंघ तथा महासंघमा आबद्ध आठ संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायत इजरायलबासी दिदीबैनी दाज्युभाईहरु उपस्थिति रहेको थियो । यस अवसरमा नव नियुक्त एन आर एन इजरायलकी अध्यक्ष श्री शांता अधिकारी ज्ञवाली ज्युलाई बधाई कार्यक्रम पनि राखिएको थियो । मौसमले त्यति राम्रो साथ नदिए पनि समग्रमा भ्रमण सफल भएको नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।साथै भ्रमणमा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्णमा आयोजकको तर्फबाट धन्यवाद दिएको छ । ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...