बझाङ्गमा जीप दुर्घटना हुँदा एकको मृत्यु ।

अन्य

बझाङ्गमा जीप दुर्घटना हुँदा एकको मृत्यु ।
मे २ बझाङ;- बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । जीप विवाहको सामान पु¥याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...