गुल्मीमा निर्माणाधीन पुल भत्कियो,५ जना घाइते ।

अन्य

गुल्मीमा निर्माणाधीन पुल भत्कियो,५ जना घाइते ।
अप्रिल १५ गुल्मी :-गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको छ। शुक्रवारवाट ढलान शुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ । वडा अध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो । गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...