पोखरा कृषिको संभावना भएको ठाउँ हो – सांसद अधिकारी ।

अन्य

पोखरा कृषिको संभावना भएको ठाउँ हो – सांसद अधिकारी ।
अगस्ट १५ खिमा गुरुङ / पोखरा :-संघीय सभा सांसद खगराज अधिकारीले पोखरा कृषिको संभावना भएको ठाउँ भएको बताउनुभएको छ । सांसद अधिकारीले पोखरा - १० अमरसिंहचोकमा रहेको आजिवन कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा तथा आजिवन कृषि उपज संकलन केन्द्र उद्घाटन गर्नुहुदै उक्त कुरा राख्नुभएको हो । उहाँले पोखरालाई विभिन्न कृषि बस्तुहरुको पकड एरिया बनाउन आवश्यक भएको बताउनुभयो । त्यस्तै पर्यटकको लागि गोजि भरी पैसा मन भरी आनन्द लिएर फर्कने वातावरण बनाउन पर्नेमा समेत जोड दिनुभयो । पुर्वधार र विकास निर्माणमा विशेष चासो भए पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सांसद कोषबाट १० लाख सहयोग गरेको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पछिल्लो समयमा बजारीकरणको ठुलो समस्या भएको औल्याउँदै बाहिरबाट आउने तरकारीले बजार पाउने तर स्थानीय उत्पादनले नपाउने तितो अनुभव सुनाउनुभयो । सल्लाहकार कडरियाले अहिले धेरै जसो वचत तथा ऋणमा लिप्त भइ बोनस बाँड्ने तिर लागिरहेको अवस्थामा यस सहकारीले उत्पादनमा लागेर स्वच्छ बस्तु बजारबासीलाई खुवाउने उदेश्यले अगाडि बढेकोमा बधाई शुभकामना दिनुभयो । त्यस्तै गण्डकी प्रदेश सांसद मिना गुरुङ , नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ , शेयर सदस्यहरु , समाजसेवी र व्यवसायीहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा सल्लाहकार विश्व प्रकाश लामिछानेले एक वर्षभित्र आफ्नै फर्म , बिक्री केन्द्र र सहाभागितात्मक प्रणालीको विकास गरेकोमा बधाई शुभकामना व्यक्त गर्नुभयो । स्थापनाकालदेखि संस्थामा रहेर निस्वार्थ भावले योगदान गरेका सदस्यहरु राम कुमारी गुरुङ ( मिना ), नेत्र नारायण पौडेल र विष्णु माया गुरुङलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको थियोे । कार्यक्रमको अध्यक्षता गर्नुभएका रिटायर मेजर हितमान गुरुङले स्थानीय उत्पादनलाई व्राण्डिङ र प्याकेजिङ गरि सिधै किसानदेखि उपभोक्त सम्म पुर्याएर बिचौलिया मुक्त बनाउन यो कृषि उपजकेन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । यसैगरी संस्थाकी उपाध्यक्ष पवित्रा गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा सहकारीका ७ सिद्धान्त वाचन र सञ्चालन सचिव राजेन्द्र पौडेलले गर्नुभएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...