समाजसेवी दुर्गा गुरुङ परिवारले मन्दिर जीर्णोद्वारको लागी आर्थिक सहयोग।

अन्य

समाजसेवी दुर्गा गुरुङ परिवारले मन्दिर जीर्णोद्वारको लागी आर्थिक सहयोग।
जुन २८ पोखरा :-स्वर्गीय नरबहादुर गुरुङ को स्मृतिमा पुरानो घर पर्बत, बाजुङ फाल्हाल्ने हाल पोखरा मोहरिया टोल निबासी श्रीमती साबित्री कुमारी गुरुङ र छोरा हङकङ निवासी समाजसेवी दुर्गा बहादुर गुरुङ (मिलन) ले पोखरा महानगर पालिका वडा नं. २, मोहरिया टोलका श्री कार्य सिद्धि विनायक मन्दिरको जिर्णोद्धार गर्नका लागि र पचास हजार पाँच सय एक रुपैयाँ आर्थिक सहयोग गरेको छ। समाजसेवी गुरुङले ५० हजार ५ सय एक रुपैयाँ आर्थिक सहयोग शुक्रबार एक कार्यक्रमका बीच पो.मा. न.पा. वडा नं २ का अध्यक्ष रामेश्वर मल्ललाई हस्तान्तरण गरेको छ ।पो.मा. न.पा. वडा नं. २ का अध्यक्ष रामेश्वर मल्लले, समाजसेवी गुरुङ र उहाँको परिवार प्रति सहयोगका लागि धन्यवाद दिँदै निःस्वार्थ सामाजिक कार्यमा लागेको कमी भएको बेलामा उहाँको सहयोग अमूल्य रहेको उल्लेख गरेका थिए । मिलन ट्रस्टको संरक्षक तथा समाजसेवी श्रीमती सावित्री गुरुङ र उहाँका छोरा मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा बहादुर गुरुङ (मिलन) ले मिलन ट्रस्ट र मिलन फाउण्डेशन नेपाल मार्फत् आफ्नो गृह जिल्ला पर्वत सहित पाल्पा, कास्की, लमजुङ, चितवन लगायतका जिल्लाहरूमा सामाजिक कार्यमा विशुद्ध आफ्नो कमाइबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...