जुम्लाबाट डा.केसी बलपूर्वक काठमाडौँ ल्याए ,नेपाली कांग्रेसका सभापती देउवाको भर्सना |

अन्य

जुम्लाबाट डा.केसी बलपूर्वक काठमाडौँ ल्याए ,नेपाली कांग्रेसका सभापती देउवाको भर्सना |
जुलाई १८ जुम्ला:-जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई सरकारले बलप्रयोग गरेर काठमाडौं ल्याएको छ ।स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा.केसी काठमाडौं आउन तयार भएका हुन् । झडपकै क्रममा गोली लाग्दा एक जना प्रहरीको निधन भएको छ । उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । डा.केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्ट्रेचरमा राखेर नेपाली सेनाको व्यारेकमा रहेको हेलिप्याडमा ल्याइएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार काठमाडौं ल्याएर केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिने छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले पुनः लाठी चार्ज गरेको थियो । अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्ज पछि जुम्लाको अवस्था फेरि एक पटक तनाव ग्रस्त बन्न पुगेको थियो । सेनाको ब्यारेक बाहिर पनि स्थानीयले केहीबेर नाराबाजी गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीले उठाएका माग जायज भएका भन्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरे । जुम्लामा डा केसीका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको देउवाले निन्दा र भत्सर्ना पनि गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...