सिआइबिले सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागका पुर्व अधिकृत सम्भुप्रसाद चालिसे पक्राउ |

अन्य

सिआइबिले सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागका पुर्व अधिकृत सम्भुप्रसाद चालिसे  पक्राउ |
जुन २१ फिस्टेल न्युज:- केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्।सिआइबीले बिहीबार चालिसेलाई कलंकीबाट पक्राउ गरेको हो। चालिसेले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफार्इ दिन्छु भन्दै १० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए। तर केही समयपछि उनी छुटेका थिए । सर्वोच्च अदालतको गएको चैत २० गते उनीविरुद्ध एक वर्ष छ महिना कैद र १० लाख जरीवाना हुने गरी फैसला गरेको थियो।तर उनी फरार थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले बिहीबार नै उनलाई कैद भुक्तानको लागि डिल्लीबजार कारागार जेल चलान गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...