अमेरीकी राजदुताबास जेरुसेलाईम सारेको बिरोधमा अहिले सम्म ५२ जना पेलेस्तेनीको ज्यान गयो ,१२०० घाइते |

अन्य

अमेरीकी राजदुताबास जेरुसेलाईम सारेको बिरोधमा अहिले सम्म ५२ जना पेलेस्तेनीको  ज्यान गयो ,१२०० घाइते |
मे १४ इजरायल :- संयुक्त्त राज्य अमेरिकाले तेल अभिवबाट दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ५२ जना प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरेल र गाजा सीमा क्षेत्रमा छ हप्तादेखि भइरहेका व्यापक विरोधप्रदर्शनपछि सैयौँ अन्य घाइते भएका विवरणहरूमा जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरू सो उद्घाटन समारोहमा सहभागी भएका छन्।दूतावास सार्ने अमेरिकी निर्णयको इजरेलले स्वागत गरेको छ, तर त्यसले व्यापक अन्तर्राष्ट्रिय निन्दा निम्त्याएको छ।जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यताको प्यालेस्टिनीहरूले विरोध गर्दै आएका छन्। जेरुसलेमको पूर्वी भाग आफ्नो भएको दाबी प्यालेस्टिनीहरूले गर्दछन्, तर सो शहर कहिल्यै विभाजित हुन नदिने इजरेलले बताउँछ।गत छ हप्तादेखि भएका व्यापक प्रदर्शनहरूको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ।ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसलेममा सार्ने प्रतिबद्धता बारम्बार व्यक्त गरेका थिए।यहि अनुशार सारिएको दुताबासको बिरोधमा अहिले सम्म ५२ जना मारिनुका साथै १२०० जना गोलि हानी घाइते भएका छन् भने अरु १२०० जना सामान्य घाइते भएको य नेट न्युजले जनाएको छ |२०१४ देखि कै सबभन्दा धेरैको ज्यान आजको घटनामा गएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...