जनान्दोलनका घाइते लिला गुरुंगलाई इजरायलबाट सहयोग रकम हस्तान्तरण |

अन्य

जनान्दोलनका घाइते लिला गुरुंगलाई इजरायलबाट सहयोग रकम हस्तान्तरण |
जुलाई १७ पोखरा :- ६२/६३ को जनआन्दोलनमा पोखराको चिप्लेढुङ्गामा घाइते हुनुभएकी लिला गुरुङलाई इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा हाल इजरायलमा रहेका फिष्टेल न्युज डट कमकाले इजरायलमा कार्यरत नेपालीहरुबाट संकलन गरेको ४५ हजार तिन सय ४५ रुपेैया सहयोग मंगलबार उहाँकै डेरामा पुगी फिष्टेल न्युज डट कमका पोखरा प्रतिनिधि लोकेन गुरुङले सो रकम मंगलबार हस्तान्तरण गरेका हुन् ।सो अवसरमा सहयोग हस्तान्तरण गर्दै लोकेन गुरुङले पिडित घाइतेको स्वास्थ्य लाभको कामना गरेका थिए ।यस सानो अभियानमा सहयोग गर्नु हुने इजरायलबासी नेपाली दाज्युभाई,दिदी बैनिहरुमा फिष्टेल न्युज डट कमका पोखरा प्रतिनिधि लोकेन गुरुङले सहयोगको लागि धन्यवाद ब्यक्त गर्नु भएको छ | विगत ३५ वर्षदेखि पोखरामा सानो तिनो व्यापार गर्दै आएकी लिला गुरुङले जनआन्दोलनमा गोली लागेर घाइते भएपछि कुनै पनि काम गर्न नसकेको वताईन । चरक हस्पिटलमा उपचार भइ रहेको र विभिन्न सञ्चार माध्यममा आएका समाचारबाट थाहा पाएर हालसम्म १२ लाख भन्दा वढि आर्थिक सहयोग प्राप्त भएको उनका भाई महेन्द्र गुरुङले वताए।अहीले वहाको स्वास्थमा सुधार आएको पनि वहाले बताउनु भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...