इजरायलमा मगर माघे सक्रान्ति २०७५ भब्य रुपले सम्पन्न |
मूलबासि /भूमिपुत्र विदेश
नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष लिला थापा मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका कार्यबाहक महामहिम राजदुत श्रीमती आस्था सुब्बा ज्यु,बिशेस अतिथिहरुमा नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ज्यु ,एन आर एन ए इजरायलका कार्यबाहक अध्यक्ष शान्त ज्ञावाली अधिकारी लगायत ,विभिन्न जातीय/धार्मिक /सामाजिक /राजनैतिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए |
परदेशको छुट्टीलाई मध्ये नजर गर्दै १८ जनवरी २०१९ शुक्रबारको दिनमा कापाइम १० तेल अभिबमा सम्पन्न कार्यक्रममा दुई औपचारिक /अनौपचारिक गरि दुई भागमा गरिएको थियो |कार्यक्रम सभापति/प्रमुख अतिथि /बिशेष अतिथिहरुको सामुहिक दिप प्रज्वलन पछी शुरु भएको सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत तथा शुभकामना मन्तब्य संघका सदस्य माया आले दिनु भएको थियो |मन्तब्य राख्नु हुँदै मगर संघ इजरायलका दित्तीय उपाध्यक्ष मन राना मगरले माघे सक्रान्तिको महत्वबारे प्रस्ट पर्नु भएको थियो |
त्यसै गरि मगर सक्रान्तिको शुभकामना दिनु हुँदै प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत आस्था सुब्बा नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ज्यु ,एन आर एन ए इजरायलका कार्यबाहक अध्यक्ष शान्ता ज्ञावाली अधिकारी लगायतले मन्तब्य राखेका थिए |कार्यक्रममा स्थानीय कलाकारहरुले मगर पहिचान झल्किने संस्कृतिक(गित ,नृत्य ,कबिता वाचन) कार्यक्रमहरु प्रस्तुत गरेका थिए |सभापति तथा मगर संघ इजरायलका अध्यक्ष लिला थापा मगरले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सस्थाका कार्यसमितिका सदस्यहरु लगायत ,उपस्थित सम्पूर्णलाई माघे संक्रान्तिको शुभकामना सहित धन्यबाद दिंदै कार्यक्रम समापनको घोषण गर्नु भएको थियो |
मगर माघे सक्रान्तिमा पर्वमा बिभिन्न मगर परिकारहरुको(तरुल ,बटुक /बारा ,सेल रोटि )सहित मिठो रात्रि भोजको बेबस्था रहेको थियो |
अनौपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो | मगर माघे सक्रान्ति २०७५ कार्यक्रमका संयोजक जय पुर्जा मगर रहेको थियो भने ,औपचारिक कार्यक्रम संघका महासचिव धनु काउचा मगर र अनौपचारिक कार्यक्रम सचिव बिबश आले मगरले संचालन गरेका थिए |

