इजरायलमा २६ औ बिस्व आदिबासी दिवस जुम भर्चुअलमा मनाउने तयारी।

जनजाती बिशेस

इजरायलमा २६ औ बिस्व आदिबासी दिवस जुम भर्चुअलमा मनाउने तयारी।
जुलाई ३१ तेल अभिव :-''विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा लीपि, कला, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं'' नेपाल आदिवासी जनजाति महासंघ इजरायलले २६ औ बिस्व आदिबासी दिवस मनाउने भएको छ। यही आउने अगष्ट ९ तारिख २०२०, आइतबार स्थानीय समय अनुसार ५:३० बजे साँझ जुम भिडियोकलद्वारा विश्व आदिवासी दिवस मनाउँने तयारि गरिरहेको नेपाल आदिबासी महासंघ इजरायलका महासचिव सुर्य राना मगरले जानकारी दिनु भएको छ। चीनबाट फैलिएको कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको यस विसंम परिस्थितीमा सामुहिक भेला भै सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा र इजरायल सरकारको सामाजिक दुरीको नियमलाई अनुशरण गर्दै नेपाल आदिवासी जनजाति महासंघ इजरायलले पनि यो बिकसित विधि प्रयोग गरेर अनलाईन कार्यक्रम गर्ने तयारि भइरहेको आयोजकले जानाएको छ। यस जुम भर्चुअल कार्यक्रमको प्रमुख अतिथिमा इजरायलका लागि नेपाली राजदुतावासका महामहिम राजदुत अन्जान शाक्यले सहभागी हुने र नेपालबाट अन्य वक्ताहरु महासंघका केन्द्रिय कार्यवाहक महासचिव सुकवीर थामी, नेपालका आदिवासीहरुको मानवाधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्त्ता शंकर लिम्बु त्यस्तै आदिवासीहरु सम्बन्धि स्वतन्त्र अनुसन्धानकर्ता तथा लेखिका कैलाश राइ लगायत केहि स्थानीय वक्त्ताहरुको पनि प्रस्तुति रहने जनाइएको छ।यस जुम भर्चुअल कार्यक्रममा सहभागी भैदिनु हुन सम्पूर्ण नेपाली दाज्युभाई दिदि बैनीहरु तथा सम्पूर्ण आदिबासीहरुलाई नेपाल आदिबासी महासंघ इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...