तिन दिन पछी इजरायलमा ”सोनाम ल्होछार सांगीतिक साँझ ”भब्य रुपले मनाउने ।

जनजाती बिशेस

तिन दिन पछी इजरायलमा ”सोनाम ल्होछार सांगीतिक साँझ ”भब्य रुपले मनाउने ।
जनवरी २८ फिष्टेल न्यूज:-इजरायलमा पनि तामांग समुदायको सोनाम ल्होछार नेपाली नयाँ बर्ष मन्जुश्री सम्बत् २८५६ भब्य रुपले मनाउने भएको छ ।नेपाल तामाङ घेदुङ इजरायलको आयोजनमा यहि आउने शुक्रबार ३१ जनवरीको दिन तेल अविवमा नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनमा हुने भनिएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ गायक एवम् सङ्गीतकार चन्द्रकुमार दोङ्ग तामाङको आकर्षक प्रस्तुती संगै स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम हुने भएको छ ।यस कार्यक्रमको लागी सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा उपस्थिति भै दिनु हुन् इजरायलबासी नेपाली तथा सामाजिक ,धार्मिक, राजनैतिक संघसंस्थालाई सम्पूर्णमा नेपाल तामाङ घेदुङ, इजरायलद्वारा अनुरोध गरिएको छ ।
''सोनाम ल्होछार सांगीतिक साँझ '' आयोजक :-नेपाल तामाङ घेदुङ इजरायल स्थान :-यादखरुचिम १५ तेल अभिव ( EVE HALL) समय :-बेलुका ७ बजे मिति :-३१ जनवरी २०२०

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...