इजरायलमा किरात समुदायको महान पर्व भुमि पुजा येलेदुंग उधौली भब्य रुपले सम्पन्न |

जनजाती बिशेस

इजरायलमा किरात समुदायको महान पर्व भुमि पुजा येलेदुंग उधौली भब्य रुपले सम्पन्न |

डिसेम्बर १९ इजरायल :-ईजरायलमा किरात राई यायोख्खा नेपाल इजरायलको अयोजनामा महान राष्ट्रिय पर्व भूमि पूजा तथा येलेदूङ् उधौली ५०७७ नयाँ बर्ष इजरायलको ब्यापारिक राजधानी तेल अभिवमा गएको शुक्रबार भव्यरुपमा सम्म्पन भएको छ |किरात राई यायोख्खा इजरायलका अध्यक्ष बबिना राइको अध्यक्षताम सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास इजरायलका राजदुत श्री निरन्जन कूमार थापा साथै वहाकी धर्म पत्नी हुनुहुन्थियो भने बिशेष अतिथिहरुमा नेपाल राजदुतावासकै सहचारी कमल कोइराला , नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नयन इम्सोंग लिम्बु, एनआरनए इजरायलका अध्यक्ष छिरिंग लामा शेर्पा र बिभिन्न संघ सस्थाबाट पाल्नु भएका अतिथि लगायत इजरायलबाट संचालित अनलाइन मिडिया कर्मीहरु, इजरायलका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

25498336_546585429029682_210950361332927959_n

कार्यक्रमका सभापति, प्रमुख अतिथि र बिशिष्ट अतिथिबाट संयुक्त पानसमा दीप प्रज्वलन गरी उद्धघाटन गरिएको सो कार्यक्रममा, स्वागत मन्तब्य दित्तीय उपअध्यक्ष् अम्बिका याफु अनमोलले राख्नु भएको थियो | उद्धघाटन लगतै किरातहरुको उधौली सकेला भूमि पूजा तथा पितृ पूजा धामी ९ नाचुंग ० दीप कुमार राइले गर्नु भएको थियो |कार्यक्रममा उपस्थित सम्पुर्णलाई खानपिनको पनि राम्रो बेबस्था गरिएको थियो भने कार्यक्रम माहोललाई अवलोकन गर्दा आफ्नो समुदायको पहिचानलाई ध्यान दिईएको पाइएको थियो |

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेपाली राजदूतावासका महामहिम राजदूत श्री निरन्जन कूमार थापाले किरात राईरूको आफ्नो सस्कार सस्कृतिको जगेर्ना गर्ने उद्देश्य गरिएको कार्यक्रममा बिदेसी भूमिमा रहेर पनी आफ्नो सस्कृतिको जगेर्ना गर्दै आइरहेको यस कार्यक्रममा अफु उपस्थित हुना पाउदा खूसी ब्यक्त गर्नुहुँदै किरात राईहरुको ५०७७ नयाँ बर्षको सुभकामना दिनुभएको थियो |किरात समुदायको उधौली पर्वको बारेमा सस्थापक संरक्षक श्री बाल कुमार राईले प्रस्ट्याउनु भएको थियो |

25465861_1715931478439168_1473807536_n

 

त्यसै गरी कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष तथा कार्यक्रमका सभापति बबिना राईले उपस्थित हुनुहुने संम्पूर्ण दीदीबैनी तथा दाजुभाईहरु लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु मिडिया कर्मीहरु लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु हुदै कार्यक्रम समापन गर्नु भएको थियो।कार्यक्रम संचालिका किरात राई यायोख्खा इजरायलकी सचिब एलिना राईले एकदमै आकर्षक ढंगले संचालन गर्नु भएको थियो |

25437401_1715931395105843_2129008037_n


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...