ह्योल्मो समाज इजरायलको आयोजनामा २५६३ औ बुद्द जयन्ती तथा १३ औ बार्षिक उत्सव सम्पन्न ।
मूलबासि /भूमिपुत्र विदेश
मे १० तारिक याद्खारुचीम १५ तेल अभीवमा भएको सो कार्यक्रम समाजका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीमा धर्म गुरु लोपेन छयोङ्ङ ग्युर्मे ह्योल्मो ज्यु रहनु भएको थियो ।त्यसै गरी बिशेस अतिथीहरुमा नेपाल आदिबासी जनजाती महासघ इजरायलका सचिव मनु श्रेष्ठ तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्ष शान्ता ज्ञवाली,विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु,इजरायलबासी सम्पूर्ण ह्योल्मो समुदाय तथा नेपालीहरुको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी ज्युले कार्यक्रममा मणि, मोन्लम, दिप प्रज्वालन धर्मादेशना, मेडिटेसन वाङ वितरण गरि विशेषता बौद्ध धर्म बारे स्पस्ट पार्नु भएको थियो ।सोही अवसर पारेर ह्योल्मो समाज इजरायलको १३ औ बार्षिकउत्सव केक काटेर मनाएको थियो भने सर्किनी ज्याबा ह्योल्मोको अध्यक्षतामा ह्योल्मो समाज इजरायलको नया कार्यसमिती चयन गरिएको छ । 
