गोर्खा भुपु सैनिक सांझ २०१९ हङकङमा भव्यताका साथ सम्पन्न।
विदेश
उद्घाटन कार्यक्रम संचालन संघका सचिव चन्द्र बहादुर पुनले संचालन गर्नु भएको थियोे भने संस्कृतिक कार्यक्रम देव राज राई र जीवन बिष्टले संचालन गर्नु भएको थियोे । कार्यक्रम भब्य र सभ्य रूपले सु-सम्पन्न गराउनको लागि नेपाल बाट अामन्त्रित अथिती कलाकारहरू गायक तथा सर्जक राजन राज सिवाकोटी , गायिका मिलन अामात्य , लाेक दाेहाेरी गायिका मनमाया वाेईबा , लाेक दाेहरी गायिका काजल गुरूङ , नृत्याङ्गना एंव माेडल जेनिता मगर , गायक अाेम गुरूङ , लाेक दाेहाेरी गायक बल बिक्रम थापा ,कार्यक्रम प्रस्ताेता जीवन बिष्ट र पब्लिक स्पिकर सिजन - २ का बिजेता रमेश प्रसाईंको उपस्थितिको साथ बिशेष प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरु संस्थाका सदस्यहरू कस्मिना गुरूङ , मनिस गुरूङ र प्रतिक्षा गुरूङकाे दम्दार बेजोड प्रस्तुति रहेको थियो। हङकङको बिग्रदो परिस्थितिमा पनि "भारतीय गाेर्खा भुपु साँझ - २०१९" भब्य र सभ्य रूपले सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण संघका सदस्य लगायत दर्शकहरूलाई भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङले धन्यवाद समेत ज्ञापन गरेको छ।

