एस ई ईको नतीजा प्रकाशित ,नतीजा यसरी हेर्न सकिने छ |

अन्य

एस ई ईको नतीजा प्रकाशित ,नतीजा यसरी हेर्न सकिने छ |
जुन २३ फिस्टेल न्युज:- राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेकेा छ । परीक्षामा देशभरबाट ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५१५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.npमा हेर्न सकिन्छ। यस्तै नतिजा प्रकाशित भए पश्चात नेपाल टेलिकमको वेबसाइट see.ntc.net.npर एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...