एनआरएनए युएई क्युआरएफ टिमलाई राहत बितरणको लागी दुबई सरकारको अनुमति ।

विदेश

एनआरएनए युएई  क्युआरएफ टिमलाई राहत बितरणको लागी दुबई सरकारको अनुमति ।
मे १७ युएई मनु कोंमे तमु :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरसका कारण युएईमा समस्यमा परेका पीडितहरु लाई युएईमा क्रियाशिल संघसंस्था तथा सामाजिक व्यक्तित्वहरु संग सहकार्य गरि एनआरएनए युएई क्युआरएफ टिमले दैनिक राहत खाद्यान्न सामाग्री युएईको विभिन्न इमिरेट्सहरुमा बितरण गरि रहेको छ।एनआरएनए युएई क्युआरएफ टिमले राहत बितरण अभियान लाई ३८ औं दिन पूरा गरेको छ। राहत बितरण अभियानमा आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी एनआरएनए आइसिसीका मध्ये पुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला,उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक पासाङ रिन्जी शेर्पा,उपाध्यक्ष नरेश सेन,युवा संयोजक मदन अधिकारी,उपाध्यक्ष राजन खतिवडा,उपाध्यक्ष निरन्जन सिलवाल,कोषाध्यक्ष बिकास शाही,सह-कोषाध्यक्ष फडिन्द्र ढकाल ,एनसीसी सदस्यहरु सुजन सापकोटा,राजन अधिकारी,सुरेश श्रेष्ठ , उज्ज्वल दाहाल ,बिश्व शाह,महिला संयोजक शोभा शर्मा र नेपाल आदिबासी जनजाति महासंघ युएईका संरक्षक समिति सदस्य एवं नेपाल मगर संघका प्रमुख सल्लाहकार टंक थापामगर खटिरहेका छ्न। एनआरएनए क्युआरएफ टिमले दुबई प्रहरी संग सहकार्य गर्दै दैनिक रुपमा युएईको विभिन्न स्थानमा राहत खाद्यान्न सामाग्री युएईका क्रियाशिल संघ संस्था र व्यक्तिहरु सहकार्य गर्दै बितरण गर्दै आइ रहेको थियो भने एनआरएन क्युआरएफ टिम लाई राहत सामाग्री बितरण गर्नको लागी दुबई सरकारको समुदाय बिकास प्राधिकरण ( community development authority ) ले पनि राहत बितरण लाई निरन्तर दिनको लागी अनुमति दिएको एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पाले जानकारी गराउनु भएको छ। त्यसैगरि एनआरएनए युएईको क्युआरएफ टिम लाई राहत बितरण अभियानमा सहकार्य गर्दै डाबर इन्टरनेशनल कम्पनीले झण्डै ३० हजार दिराहम भन्दा बढी रकमको राहत सामाग्री उपलब्ध गरेको छ भने बहुराष्ट्रिय तथा ठुला कम्पनीहरुको सिएसआर संग समन्वय गरि आवश्यक पहल गर्न एनआरएनए युएई क्युआरएफको मातहतमा डाबर इन्टरनेशनल कम्पनीका कृयटिभ डिजाइनर समेत रहेका द्रोण जंग श्रेष्ठको संयोजकत्वमा एनआरएनए युएईका युवा संयोजक मदन अधिकारी,नेफिन युएईका संरक्षक समिति सदस्य एवं नेपाल मगर शाखा युएईका प्रमुख सल्लाह टंक थापा मगर र एनसिसि सदस्य सुजन सापकोटा सदस्य रहने गरि सिआरएस समन्वय समिति गठन गरेको छ। बिश्व महामारी क़ोरोना भाईरसको संक्रमणको जोखिमलाई कम गर्न गरीएको लकडाउनमा परेर यूएईमा रहेका नेपाली पिडित श्रमिकको लागी एनआरएनए यूएई द्वारा संचालित राहत अभियानमा आर्थिक, भौतिक र नैतिक रुपमा नेपाल मगर संघ शाखा यूएई,नेपाल आदीबासी जनजाति युवा महासंघ यूएई,मोरङ सुनसरी सेवा समाज यूएई,तनहुँ सेवा समाज यूएई,सर्लाही सेवा समाज यूएई, कास्की आदर्श सेवा समाज यूएई ,लुम्बिनी वेलफ़ेयर सोसाइटी यूएई,ठकुरी सहयोग संजाल यूएई, नेपाली सेफ़ सोसाइटी यूएई, थारु कल्याणकारी सभा यूएई,लार्ज ग्यांग सामूहिक बचत तथा ऋण कोष यूएई,रुपन्देही सेवा समाज यूएई ,गुल्मी सेवा समाज यूएई,अन्तर्राष्ट्रिय कलाकार संघ ( इनास) यूएई ,आरकान सेक्युरिटी सोलुशन म्यानेजमेण्ट नेपाली ग्रूप यूएई, रासलखेमा युवा ग्रूप यूएई,न्यू जागृति नेपाली मण्डली अबुधाबी डाबर इन्टरनेशनल यूएई, प्रवासी नेपाली एकता समाज यूएई र लमजुङ समाज यूएईले सहयोग र सहकार्य गरेको छ। त्यसैगरी व्यक्तिगत रुपमा पाइलट रक्षा जोशी,टक बहादुर गुरुंग,कृष्ण आचार्य,अर्जुन बहादुर गौली,कृष्ण प्रसाद भट्टराई, प्रदीप पौडेल,प्रमिशा निशिन,रमेश अधिकारी र यूबलाल सापकोटाले एनआरएनए युएईको राहत बितरण अभियानमा सहयोग र सहकार्य गरेका छ्न। एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालाले सम्पुर्ण सहयोगी संस्थाहरुलाई र सहयोगी व्यक्तित्वहरुलाई धन्यबाद दिदै यूएईमा क्रियाशील संस्थाहरू लाई हाम्रो अभियानमा जोड़ीएर मानवीय कर्म पुरा गर्न हार्दिक आब्हान सहित अनुरोध पनि गर्नु भएका छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...