तमु समाज युएईद्वारा आयोजित च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्रा।

विदेश

तमु समाज युएईद्वारा आयोजित च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्रा।
डिसेम्बर २५ मनु कोंमे तमु युएई :-तमु सामज युएईले यहि आउदो २०२० जनवरी १० तारिख शुक्रबार युएईको राजधानी अबुधाबी स्थित मलायली समाजम क्लब मुसाफा (KM TRADING पछाडी ) अबुधाबीमा आयोजना गर्ने तमु (गुरुङ ) समुदायको मौलिक महान चाड तमु च्यु (मुसा वर्ग) ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी तीब्र रुपमा भइ रहेको छ। उक्त बृहत सांस्कृतिक कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकारको रुपमा प्रथम गण्डकी तारा , गुरुङ चलचित्रका नायक,निर्देशक ,गीतकार, संगीतकार तथा सुमधुर स्वरका धनी बहुचर्चित लोकप्रिय गायक मनोज गुरुङ र बुगि उगिका बिजेता ,मोडेल तथा नृत्याङ्गना कविता नेपाली युएई आउने भएको छ। कार्यक्रममा आमन्त्रित अतिथि कलाकार गायक मनोज गुरुङको बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने बुगि उगिका बिजेता , मोडेल तथा नृत्याङ्गना कविता नेपालीको धमाकेदार प्रस्तुति सहित स्थानिय चर्चित नेपाली कलाकारहरु गायक अमृत गुरुङ,गायक बिजु गुरुङ,गायक दिनेश गुरुङको सांगीतिक प्रस्तुतिको साथ नृत्यकार किरण गुरुङ,दीपक गुरुङ,पुर्णिमा गुरुङ, रीना गुरुङ,आश गुरुङ,शलु गुरुङ,भुवन थापा मगर, बबिन बिसि,स्वेता लामा,अनिता लामा, कला थापा मगर, सिताल थापा मगर, सोनु राना मगर,कुशाल बुचा,दिनेश श्रेष्ठ,सनम रसाइली,रेखा रावल,माया रजाली,दुर्गा थपलिया,निश्मा श्रेष्ठ,दिलु भण्डारी र नेहा कुसुम को बेजोड प्रस्तुती रहने भएको छ। कार्यक्रमको मुख्य प्रायोजक ग्रीन लाइन ट्राभल एण्ड टुरिजम एलएलसी र सह-प्रायोजकमा नेपाली चुलो अबुधाबी ,कान्तिपुर ट्राभल एण्ड टुरिजम, भान्छा घर अबुधाबी,सागर ज्वेल्लरी अबुधाबी र हिमालयन रेष्टुरेन्ट रहेको छ भने मिडिया पार्टनरमा गोर्खाली रेडियो १०६ मेगाहर्ज, परदेशी खबर डटकम ,फिस्टेल न्युज र कुवेत नेपाल डटकम रहेको छ। कार्यक्रम लाई ऐतिहासिक भव्य र सभ्य रुपमा सु-सम्पन्न र सफल बनाउनको लागी प्रवास युएईमा स्थापित सम्पूर्ण प्रवासी संघ संस्थाका प्रमुख , प्रतिनिधि , व्यवसायी , समाजसेवी , पत्रकार , बुद्धिजीवी महानुभाव , शुभचिन्तक , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु च्यु ल्होसार (मृग वर्ग) बृहत सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि तमु समाज युएईका उपाध्यक्ष तथा तमु च्यु ल्होसार कार्यक्रमका संयोजक नन्द जंग गुरुङले हार्दिक निमन्त्रणा गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...