नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा नेपाल मगर संघ शाखा इजरायलले भब्य रुपमा माघ्या सकराटी पर्ब मनाउने

अन्य

maghe sakrati programme banner

फिष्टेल न्युज- ३० नोभेम्बर २०२२, इजरायल

नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी मिती १३ जनवरी २०२३ शुक्रबार साँझ तेल अभिब स्थित तखाना मर्कजितमा अवस्थित एभरेष्ट क्लबको हलमा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु द भ्वाईस अफ नेपाल सिजन ३ की उपविजेता गायिका तारा श्रीस मगर र गायक ,मोडल तथा कलाकार रमेशबाबु थापा मगरको साथमा स्थानीय कलाकारहरुको प्रस्तुति सहित "मौलिक पर्वको प्रबर्द्धन र पहिचान सहित अक्षयकोष अभिवृद्धि "गर्ने उधेश्यका साथ मिनाम ल्हेस ५०१६( नयाँबर्ष) माघ्या सकराटी सांगीतिक साँझ  कार्यक्रम भब्य रुपमा मनाउन गईरहेको आयोजक संस्थाका कार्यक्रम संयोजक उपाध्यक्ष बिबस आले मगरले जानकारी दिनुभएको थियो |नेपाली राजदुतावास इजरायलको  कार्यक्रममा  प्रमुख आतिथ्यता रहने र इजरायलमा स्थापित सम्पूर्ण संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,मिडियाकर्मीहरु   साथै  इजरायलमा कार्यरत सम्पुर्ण नेपालीभाषी दाजुभाई दिदीबहिनीहरुको उपस्थितिमा  कार्यक्रम रहनेहुँदा पत्राचार प्रक्रिया अगाडी बढिरहेको र समयमा पत्र पुग्न नसकेको खण्डमा यसै समाचारलाई अधार बनाई सम्पूर्णलाई उपस्थितिको लागी निमन्त्रणा सम्झिदिनुहुन आयोजक संस्थाले जानकारी गराएको छ | कार्यक्रम साँझ ७:०० वजेबाट सुरुहुने र कार्यक्रम प्रवेशका लागी टिकट सुपथ मुल्यमा निर्धारण गरिएको  छ भने कार्यक्रम प्रवेश पश्चात मगर परिकारहरु सेलरोटी ,तरुल ,अचार ,भातको जाड साथै डिनरको पनि राम्रो प्रबन्ध मिलाईएको अवगत गरेको छ |   

यस पर्बको महत्व : खासगरी माघ्या सकराटी पर्व सम्पुर्ण नेपालीहरुको नै मुख्य पर्व तथा मगरहरुको बिशेष चाड रहेको हुदाँ नेपाल सरकारले पनि यस्ता पर्बहरुको जगेर्ना तथा प्रवर्द्धनका लागी पहल गर्नुपर्ने आयोजक संस्थाको सुझाब रहेको थियो |मगर समुदायको मौलिक पर्व र माघ १ गते बाट नै मगर नयाबर्ष पनि सुरुवात रहने साथै चेलीबेटीहरुलाई बिशेष मान सम्मान गर्ने दिनपनि माघ्या सकरटी रहेकोले नेपालका बिभिन्न मगर समुदायहरु  बसोबास गर्ने  ठाउँहरुमा आ-आफ्नो तरिकाले यस पर्ब मनाउने गर्दछन |

प्रचार प्रसार ब्यानर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...