लमजुङ समाज युएईको पांचौं अधिवेशन सम्पन्न ।

विदेश

लमजुङ समाज  युएईको पांचौं अधिवेशन सम्पन्न  ।
फेब्रुवरी १५ मनु कोंमे तमु युएई :-लमजुङ समाज युएईको १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट होटल वर दुबईमा सम्पन्न भएको पांचौ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत बाबुराम सापकोटा निर्वाचित भएको छ। लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि संस्थाका संस्थापक संरक्षक भिम गुरुङ (सबिनय) रहेको थियो भने अधिवेशनमा संस्थाकै संरक्षक मुक्ति गुरुङ, अर्जुन गौली,सल्लाहकार राजु घले,बिष्णु लाल श्रेष्ठ ,नेपाली समाज युएई अध्यक्ष गोबिन्द ढकाल,नेपाली समाज युएईका निवर्तमान अध्यक्ष सिपि सापकोटा,नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष लक्ष्मण खनाल,जन प्रगतिशिल मोर्चाका अध्यक्ष मनोज काउछा,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष राम तामाङ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएईका कोषाध्यक्ष अनिश दवाडी,व्यवसायी एकेन्द्र थापा,बेनी ढकाल,समाजसेवी मनि भुर्तेल, लगायत युएईमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी , जिल्लागत संस्थाका प्रतिनिधिहरु,कलाकारहरुको उपस्थिति रहेको थियो । उक्त अधिवेशन बाट उपाध्यक्षमा रामबाबु न्यौपाने र आइत गुरुङ निर्वाचित भएका छ्न। त्यसैगरी महासचिवमा बिष्णु भण्डारी, सचिवमा योगेस गुरुङ, कोषाध्यक्षमा अनिता गौली ,सह - कोषाध्यक्षमा सुबास भण्डारी ,प्रबक्तामा खड्क गुरुङ चयन भएका छ्न भने सदस्यहरुमा नरेश रिमाल,सुगम पराजुली,कृष्ण अधिकारी,सबिन पाण्डे , सृजना गुरुङ , सुक बहादुर तामाङ,कृष्ण थापा,लाल बहादुर गुरुङ , गोरे गुरुङ , अमृत परियार,मधु बिलाश पन्थी,राम बिक र लक्ष्मण सुनार निर्वाचित भएका छन। अधिवेशन लमजुङ समाज युएईका महासचिव शिवजंग गुरुङले संचालन गरेका थिए।अधिवेशनमा स्थानीय चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुतिका साथ नृत्य प्रस्तुति दिई अझ अधिवेशन लाई मनोरञ्जनात्मक बनाएको थियो भने लमजुङ समाज युएईले कलाकारहरु लाई सम्मान गरेको थियो। उक्त अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु लाई निर्वाचन समितिका प्रमुख बिष्णु लाल श्रेष्ठले पद तथा गोपियताको सपथ ग्रहण गराउदै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...