दोश्रो न्यु बोइज कप-२०२० हिपात एफ सि दुबाईको पोल्टामा ।

विदेश

दोश्रो न्यु बोइज कप-२०२०  हिपात एफ सि दुबाईको पोल्टामा ।
जनवरी १८ मनु कोंमे तमु युएई :- न्यु ब्वाइज फुटबल क्लब दुबई द्वारा आयोजित शुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको फुटबल खेलप्रतिको मोहलाई ध्यानमा राखी मनोरञ्जनका साथ खेल मार्फत नेपाली नेपाली बिचको भाइचारा बढाउन र अवाश्यक परेको बेलामा एकजुट गर्न गराउन पनि सजिलो होस भन्ने उद्देश्यका साथ युएईमा स्थापित १७ वटा विभिन्न नेपाली फुटबल क्लबहरुको बिशाल सहभागिता रहेको 'दोश्रो न्यु ब्वाइज कप-२०२०' फुटबल प्रतियोगिता यहि २०२० जनवरी १६ र १७ तारिख युएई स्थित दुबईको डुल्स्को स्पोर्ट्स हल अल्कुजमा सफलता पुर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा निकै नै प्रतिस्पर्धात्मक भएको प्रदिप थतालको कप्तानीमा रहेको श्री इनास(INAS) फुटबल क्लब अबुधाबीले प्रथम स्थान हासिल गरेको छ भने राजु गुरुङ्गको कप्तानीमा रहेको श्री हिपात (हिमाल पहाड तराई) [HIPAT] फुटबल क्लब दुबईले दोस्रो स्थान हातपार्न सफल भएको छ ।प्रतियोगितामा फेयर प्ले श्री नेपाल टाइगर एफ सि ले हात पारेको छ । ओसिस एफ सि कास्की ११ एफ सि तथा युनाइटेड स्टार एफ सि जस्ता टिमहरुलाई सजिलै पाखा लगाएर फाइनल खेलमा इनास (INAS)एफ सि संगको भेट पक्का गरेको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा पेनाल्टी शुट-आउटमा ५-३ गोल अन्तरमा सकिएको थियो । प्रतियोगिताको बेस्ट खेलाडीको उपाधी इनास एफ सि का कप्तान प्रदिप थतालले हात पारेको छ । त्यस्तै बेस्ट डिफेन्स को उपाधी हिपात क्लबको कप्तान राजु गुरुङ्ले प्राप्त गरेको छ।म्यान अफ दि म्याचमा ह्याट्रीक गर्न सफल गोल किपर हिपात एफ सि का प्रकाश सिवाकोटि ले हात पारेको छ भने बेस्ट गोल किपर को उपाधी पनि हातापार्न सफल भएको छ । बेस्ट मेनेजरको उपाधी इनास एफ सि का मेनेजर दुर्गा बहादुर सुनुवारले प्राप्त गर्दा बेस्ट कोचको उपाधी हिपात एफ सि का कोच तथा को-ओर्डिनेटर बिक्रम थापाले हात पार्न सफल भएको छ । प्रतियोगिताको व्यवस्थापनमा श्री हिपात एफ सि दुबईका कार्यकारिणी अध्यक्ष दिपेन्द्र भण्डारी , बिक्रम थापा, सन्तोश थापा, कमल शिवाकोटी,अमिर श्रेष्ठ , ओम राना मगर, प्रेम थापा र महेश लिम्बु रहेको थियो भने मेडिकल टिममा राजेश मण्डल, मान बहादुर घिसिङ्ग, सन्तोष मण्डल, राजन राउत रहेको थियो।त्यसैगरी सल्लाहकार तथा सहयोगीहरुमा चित्र बहादुर कार्की , कृष्ण अधिकारी , मान गिरि, राजु लिम्बु, बिनोद थापा, लिल कार्की , बिमल कम्वाङ्ग, आशिष कार्की , बबिराम लिम्बु , बालानाथ चापागाइ , तारा बहादुर क्षेत्री र राजेन्द्र थापा रहेको थियो भने मुख्य खेलाडीहरुमा कप्तान राजु गुरुङ्ग, प्रकाश सिवाकोटी, उमेश हेल्मो, आशिस तामाङ ,मनोज राई, जातिका देवान, कर्ण तामाङ, दान बहादुर सापकोटा, सरोज लिम्बु, भिम लिम्बु,रमेश गरुङ , टेक बहादुर गुवाजु, प्रेम श्रेष्ठ , सन्जु लिम्बु, पासाङ तामाङ, भुवन आले मगर, शुक्र बिश्वाकर्मा, अर्जुन लिम्बु, रघु श्याम चौधरी जस्ता खेलाडीहरुको बलियो टिम रहेको थियो । हिपात फुट्बल क्लब र खेलाडीहरु अब आउने दिनहरुमा यो भन्दा अझ शसक्त र व्यवास्थित तवरले अघि बड्ने र बढाउने प्रण गर्दै बिशेष धन्यवाद आयोजक श्री न्यु बोईज एफ सि परिवार, अ्म्पाएर तथा लाइन्समेन र सहभागि सबै खेलाडी टिमहरु लगायत दर्शक महानुभवहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिदै आउने दिनमा पनि यस्तै प्रतियोगिता र सहभागिता रहोस भन्ने शुभकामना हिपात फुटबल क्लब का टिम कप्तान राजु गुरुङ्ले ब्यक्तिगत तथा हिपात एफ सि परिवारको तर्फ बाट दिएका थिए। श्री हिपात फुटबल क्लब दुबईका टिम कप्तान राजु गुरुङ तमु समाज युएई दुबाई क्षेत्रीय समिति र नेपाली बचत तथा ॠण सहकारी संस्था दुबईका अध्यक्ष समेत हुन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...