एक बर्ष अगाडी बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाएको अभियोगमा पक्राउ ।

अपराध

एक बर्ष अगाडी बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाएको अभियोगमा पक्राउ ।
जनवरी १४ काठमाडौँ :- अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर महानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र पोर्नसाइटमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको हो । रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २/३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...