पोखरामा मुख्य लाघुऔषध डिलर पक्राउ ।

अपराध

पोखरामा मुख्य लाघुऔषध डिलर पक्राउ ।
अक्टुबर २७ पोखरा :- लागुऔषध नियन्त्रण ब्युरो पोखराले अर्को ठूलो सफलता हात पारेको छ । भारतबाट पोखरा लागुऔषध ल्याउने मुख्य डिलरसहित पोखरामा बेच्ने डिलर गरी ८ जनालाई बिहीबार पक्राउ गर्न ब्युरो सफल भएको हो ।पछिल्लो समय निकै सक्रिय भएको पोखरा ब्युरोले ८ जनाको साथबाट १ हजार ५ सय सेट लागुऔषध बरामत गरेको व्युरो प्रमुख इन्स्पेक्टर रवीन्द्रमान गुरुङले बताए । व्युरोले विशेष सूचनाको आधारमा पृथ्वीचोकबाट लागुऔषध नर्फिन, डाइजापाम र फेनारगन ५ सय सेट (एक सेटमा ३ थान ) सहित उनीहरुलाई पक्राउ गरेको गुरुङले बताए । पक्राउ पर्नेमा भारत बाफरगञ्ज जिल्ला सन्त कविरनगर बस्ने ४० वर्षीय शिवकुमार निषाद, स्याङ्जा पुतलिबजार नगरपालिका घर भएका २४ वर्षीय अजय शाही, पोखरा–१३ बाँझापाटन बस्ने ४१ वर्षीय ईन्द्रप्रसाद गुरुङ, पोखरा–८ नागढुंगा बस्ने २० वर्षीय दिपेन क्षेत्री, धादिङ खनियाबास झार्लाङबस्ने ४४ वर्षीय कल्याण तामाङ, सोही ठाउँका ३० वर्षीय एलिया तामाङ, तनहुँ शुक्लागण्डकी–४ दुलेगौडाका ३२ वर्षीय मेखबहादुर गुरुङ र लेखनाथ–११ रानीपौवा बस्ने २४ वर्षीय सम्राट राणा छन् । भारतका निषाद र स्याङ्जाका शाही मिलेर भारतबाट पोखरा लागुऔषध भिœयाएको इन्स्पेक्टर गुरुङले बताए । ‘यी२ जनाले भारतबाट पोखरामा लागुऔषध ल्याउने काम गरे,’ उनले भने, ‘पोखरामा भएका डिलरको नामसहित अलग–अगल पोकानै ल्याएका थिए ।’ यसअघि ब्युरोले असोज २५ गते लेखनाथ शिशुवाबाट १ हजार ७ सय ८५ थान लागुऔषध सहित डिलर पक्राउ गरेको थियो । साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...