भारतको हिमाञ्चल प्रदेशमा १२ नेपाली गाँजा सहित पक्राउ ।

विदेश

भारतको हिमाञ्चल प्रदेशमा १२ नेपाली गाँजा सहित पक्राउ ।
नोबेम्बर ४ एजेन्सी:-भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन्।शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो, जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ।१२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जानाबाट पक्राउ गरेको स्थानीय प्रहरी गौरव सिहंले भारतीय सञ्चार माध्ययम एएनआइले जनाएको छ। प्रहरीले ६ घण्टा हिँडेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।उनीहरूको साथबाट २ केजी ९१३ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...