बेलायतमा कोभिड -१९ संक्रमण भएर ज्यान गुमाउने नेपाली ६३ पुग्यो ।

विदेश

बेलायतमा कोभिड -१९ संक्रमण भएर ज्यान गुमाउने नेपाली ६३ पुग्यो ।
मे १६ लण्डन:- कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला छन् । दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो । (रासस)

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...