बेलायतबासी कर्ण गुरुङ दम्पतीद्वारा ६०औं जन्मदिनको अवसरमा पोखराका विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग ।
समाज
पैयुँखोला तमु समाज कार्यसमिति तथा महिला कार्यसमितिको व्यवस्थापनमा , ङ्हेल्स्यो युनिटको सहकार्यमा वितरण गरिएको सो कार्यक्रममा पैयुँखोला तमु समाज पोखराका अध्यक्ष बल बहादुर कोने तमु र पाइला फिल्मस प्रा.लि. पोखराका निर्देशक माओत्सेतुङ प्ल्होन्मे तमुले सहयोगदाता ले.कर्ण प्रसाद योज तमुको यस्तो प्रशंसनीय कार्य प्रति खुशी प्रकट गर्दै धन्यवाद साथै आभार व्यक्त गरेका छन ।
राहत स्वरुप वितरण गरिएको सो खाद्यान्न प्याकेजमा चामल १५ केजी, दाल १ केजी, खानेतेल १ लिटर, चिनी १ केजी, नुन १ केजी र चियापत्ती रहेका छन । राहत राष्ट्रबैंकचोक, मुस्ताङचोक, बनक्याम्पस, नयाँगाउँ, बिरौटा, सिमलचौर ,एयरपोर्ट, छोरेपाटन, रत्नचोक, काजीपोखरी, मझेरीपाटन, रामबजार, लक्ष्मीटोल, टुटुङ्गा, चोरसाँगु , हवेलीमार्ग, तल्लो सिमलबोट, छिनडाँडा, गलेश्वरचोकका परिवारलाई वितरण गरिएको थियो ।

