अनेसास इजरायल च्याप्टरको पाँचौ अधिबेशन भब्य रुपले सम्पन्न |
अन्य विदेश
साहित्यकार ( कवयित्री) अनेसास इजराय च्यापटरकी अध्यक्ष भगवती वस्नेत ज्यूको विदाई कार्यक्रम पनि सोही कार्यक्रममा सम्पन्न भएको छ। वहाँ धेरै वर्ष देखि इजरायलमा कार्यरत भएर अव आफ्नो जन्म भूमिमा गएर साहित्य अगाडि बढाउने र आफ्नो जीवनका इच्छाहरू नेपालमै पुरा गर्ने चाहाना बोकेर स्वदेश फर्कंदै हुनुहुन्छ।
अमेरीकाको बोस्टनबाट साहित्यकार अच्यूत अधिकारी ज्यूलाई पनि यो कार्यक्रममा अतिथिको रुपमा स्वागत गरिएको थियो भने कार्यक्रममा विभिन्न संघ-संस्थाहरुबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव दिया चापागाईंले गर्नुभयो र अनेसास इजरायल च्याप्टरले यही कार्यक्रममा नयाँ कार्य समिती पनि चयन गरेको छ।

