आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त |

अन्य

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त |

सेप्टेम्बर १८ काठमाडौँ :- सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई बर्खास्त गरेको हो ।

वैठकपछि संचारकर्मीहरुलाई जानकारी दिँदै सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निगमका कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरिएको बताए । मन्त्री बस्नेतले भने, ‘काममा राम्रो सहयोग नगरेको, गुटवन्दी गरेको भनेर आपूर्तिमन्त्रीले प्रस्ताव ल्याउनु भएको छ ।’मन्त्री बस्नेतका अनुसार इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...