भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु |

अन्य

भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु |
जुलाई १२ काठमाडौँ :- भक्तपुरमा पहिरोले घर पुरिँदा साढे दुई वर्षकी बालिकासहित एकै घरका तीन जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षिया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पादालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...