मुस्ताङ्गमा ट्रीपर दुर्घटना हुँदा १९ मजदुरको मृत्यु |

अन्य

मुस्ताङ्गमा ट्रीपर दुर्घटना हुँदा १९ मजदुरको मृत्यु |
जुलाई ६ पोखरा  :- मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १९ मजदुरको मृत्यु भएको छ । १५ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि लैजाने तयारी हुदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।स्याङ्बोचेमा तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी गर्दागर्दै मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । दुर्घटनामा कालीगण्डकी करिडोरमा कार्यरत ६ जना महिला र १३ जना पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका रहेका छन् । त्यस्तै रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि दुर्घटनामा ज्यान गएको छ । धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ । त्यस्तै घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याएको छ । सामान्य घाइते ५ जनाको जिल्ला अस्पताल मुस्ताङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...