गृह मन्त्रालय शक्तिशाली कार्यदल गठनको तयारीमा |

अन्य

गृह मन्त्रालय  शक्तिशाली कार्यदल गठनको तयारीमा |
जुन २६ फिस्टेल न्युज:-गृह मन्त्रालयले अब शान्ति ,सुरक्षा ,सु सुशासनको लागि कडा कदाम उठाउने भएको छ | तस्करी, काम नगर्ने ठेकेदार र कुख्यात अपराधीविरुद्ध सहज र सरल तरीकाले फास्ट ट्रयाकबाट कारबाही प्रक्रियालाई अगाडि बढाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उच्चस्तरीय कार्यदल गठन गर्ने तयारी गरेका छन् । उच्चस्रोतका अनुसार गठन गर्न लागिएको कार्यदल राजनीतिक दवावमुक्त बनाउने गृहमन्त्रीको तयारी छ । प्रहरीले सुन तस्करी र काम नगर्ने ठेकेदार तथा कुख्यात अपराधीमाथि कारबाही प्रक्रियालाई छिटो अगाडि बढाउन नसेकपछि गृहमन्त्री थापाले आफूमातहत रहने गरि उच्च स्तरीय कार्यदल गठन गर्न लागेका हुन। कार्यदलले वित्तीय अनियमिता, तस्करी, धोकाधडी, आपराधिकलगायतका प्रकृतिका मुद्दामा अनुसन्धान र कारबाही अघि बढाउने छ ।३३ किलो सुन तस्करी प्रकरणमा राजनीतिक व्यक्तिको संलग्नता रहेको देखिए पनि अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेपछि यसलाई धेरैले शंकाको दृष्टिले हरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...