चितवनको एउटा होटेलको पूलमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु |

अन्य

चितवनको एउटा होटेलको पूलमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु |
जुन २३ फिस्टेल न्युज:-चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका१ जनाको मृत्यु भएको छ ।होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...